|
२०७८ जेष्ठ २०
२० जेठ, काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले सौर्यमण्डल कै सबभन्दा तातो ग्रह मानिने शुक्र ग्रहमा दुईवटा मिसन सञ्चालन गर्ने निर्णय गरेको छ ।
नासाको योजना अनुसार सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गरिने भनिएको हो।
दुवै मिसनका लागि ५०/५० करोड डलर बजेट छुट्याएको नासाले मिसनको नाम ‘डाभिन्सी प्लस’ र ‘भेरिटास’ दिएको छ ।
पृथ्वीको नजिकको ग्रह किन यति तातो छ भन्ने कुरा पत्ता लगाउन अन्तरिक्ष मिसन सञ्चालन गर्न लागिएको नासाका प्रशासक बिल नेल्सनले बताएका छन् । ‘यी मिसनमार्फत् शुक्र ग्रह सिसासमेत पग्लिने तातो कसरी भयो भनेर जान्न खोजिने छ,’ नेल्सनले भनेका छन् ।
शुक्र ग्रहको सतहको तापक्रम ५ सय डिग्री सेल्सियस रहेको वैज्ञानिकहरू बताउँछन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्