अन्तरिक्ष स्टेशन निर्माण कार्यका लागि ३ चिनियाँ अन्तरिक्ष यात्री ९० दिनका लागि प्रस्थान

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार ३

३ असार, काठमाडौं। ५ वर्ष पश्चात चीनले फेरि आफ्नो अन्तरिक्ष यात्रीहरुलाई एक विशेष अभियानको लागि अन्तरिक्षमा पठाएको छ।

बिहीबार, लङ्ग मार्च – २ एफवाई १२ रकेट श्यानझोह १२ ले तीन अन्तरिक्ष यात्रीहरू लिएर गएको थियो। यी अन्तरिक्ष यात्री हरु केहि घण्टामा चीनमा निर्माण हुँदै गरेको अन्तरिक्ष स्टेशन टिआनमा पुग्नेछन्।

चिनियाँ मिडियाका अनुसार लङ्ग मार्च रकेटले दक्षिण पश्चिम चीनको गानुसु प्रान्तको गोबी मरुभूमिबाट उडान भरेको थियो। यी तीन यात्रीहरू ९० दिनसम्म अन्तरिक्षमा रहनेछन्। यहाँ तिनीहरूले अन्तरिक्ष स्टेशनको निर्माण कार्य पूरा गर्नेछन्।

मिडिया रिपोर्टका अनुसार, अन्तरिक्ष यात्रीहरूलाई कोर मोड्युलमा राखिनेछ। चीनको नयाँ स्पेस स्टेशन अर्को बर्ष सम्म तयार हुनेछ। यस मार्फत चीनले सम्पूर्ण विश्वमा नजर राख्न सक्ने प्रबल सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *