इनरुवामा मोटरसाइकल दुर्घटना : चालकको उपचारकै क्रममा निधन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १५

सुनसरीको इनरुवा–२ मा आइतबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन्। प्रहरी उपरीक्षक केशव थेबेका अनुसार इनरुवा–१० जलपापुरका ३९ वर्षीय हारुन अंसारीको उपचारका क्रममा मृत्यु भएको हो।

अंसारी इनरुवाबाट बबिया तर्फ जाँदै गरेका बेला को७प ४९०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मगर टोल नजिकको विद्युत पोलमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। दुर्घटनाको समयमा उनले हेलमेट नलगाएको पनि प्रहरी स्रोतले बताएको छ।

गम्भीर घाइते भएका अंसारीलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो तर बचाउन नसकिएको चिकित्सकले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *