ओलीको टिप्पणी : “सिंहदरबार जननिर्वाचितको हो, बुख्याँचाको होइन”

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १५

काठमाडौं— एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारलाई लक्षित गर्दै सिंहदरबार जननिर्वाचित नेतृत्वका लागि मात्र भएको बताएका छन्। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार एघारौँ महाधिवेशनको लोगो सार्वजनिक कार्यक्रममा उनले अन्तरिम सरकारलाई “बुख्याँचा” भन्दै कटाक्ष गरे।

ओलीले संविधानविपरीत विघटन गरिएको संसद पुनःस्थापना अनिवार्य भएको आग्रह गरे। “लोकतन्त्र र संविधानको मार्गमा फर्किनुपर्छ,” उनले भने, “संसद पुनःस्थापना भए देश बिग्रिन्छ भन्नेले नै संसद विघटन गरेका हुन्।”

अनिर्वाचित नेतृत्व सिंहदरबारमा बस्नु लोकतान्त्रिक मूल्यविपरीत भएको बताउँदै उनले जोड दिए, “बुख्याँचा खेतबारीमै ठिक, सिंहदरबार जनताले चुनेका प्रतिनिधिको ठाउँ हो।”

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *