सीसी प्रिमियर कपः सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १३

काठमाण्डौ ।  यूएईमा जारी एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज मलेसियासँग भिड्ने भएको छ।

अजमान मैदानमा बिहान ९ बजे सुरु हुने खेलमा नेपाल समूह ‘ए’ र मलेसिया समूह ‘डी’ का विजेता टोलीका रूपमा आमनेसामने हुँदैछन्।

दुई खेलमै विजय हासिल गर्दै सहजै अन्तिम चारमा पुगेको नेपालले साउदी अरबलाई ८ विकेट र हङ्कङलाई ११९ रनले पराजित गरेको थियो।
फाइनल पुग्ने दुवै टोली तथा तेस्रो स्थान हात पार्ने टिमले डिसेम्बरमा यूएईमै हुने यू–१९ एसिया कपका लागि टिकट पक्का गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *