काठमाडौं। नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा औपचारिक रूपमा प्रवेश गरेका छन्। कार्यवाहक सभापति डीपी अर्याल र महासचिव कवीन्द्र बुर्लाकोटी नेतृत्वको टोलीले उनलाई पार्टीमा स्वागत गरेको हो।
पार्टी प्रवेश समारोहमा पोखरेलले देश निर्माणका लागि सचेत, इमानदार र परिवर्तनमा विश्वास गर्ने सबै व्यक्तिहरू एउटै मोर्चामा जुट्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार जनताबाट प्राप्त विश्वास र समर्थनकै आधारमा रास्वपा आगामी निर्वाचनमा स्वतन्त्र रूपमा सरकार सञ्चालन गर्न सक्ने हैसियतसम्म पुग्नेछ।
उनले पुरानै राजनीतिक नेतृत्वले देशलाई अगाडि बढाउन नसकेकाले अब जनताले आफ्नो सोच परिवर्तन गर्नुपर्ने समय आएको बताए। साथै, सभापति रवि लामिछानेलाई विगतमा गरिएको व्यवहार निष्पक्ष नभएको उल्लेख गर्दै उनलाई नियोजित रूपमा विवादमा तानिएको दाबी गरे।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्