|
२०८२ मंसिर ९
काठमाण्डौँ । युक्रेनमा शान्ति स्थापनाका लागि यतिबेला व्यापक वार्ता भइरहेको छ ।
जेलेन्स्कीले पनि हालै अमेरिकाले पेश गरेको शान्ति योजना हेरफेरको स्वागत गरेका थिए । तर यस्तै खबरका बीचमा गए राति रुस र युक्रेनले एक अर्कामाथि हमला गरेका छन् ।
रुसले गरेको मिसाइल र ड्रोन आक्रमणमा परेर किभमा २ जनाको मृत्यु भएको बताइएको छ । आक्रमणमा अरू ६ जना घाइते भएको खबर आएको छ ।
उता रुसले पनि युक्रेनको आक्रमणमा तीन जनाको मृत्यु भएको बताएको छ । रातभरमा आफ्ना सेनाले २४९ वटा युक्रेनी ड्रोन खसालेको रुसको रक्षा मन्त्रालयले बताएको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्