दुर्गा प्रसाईँ तत्काल थुनामुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ७

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तत्काल थुनामुक्त गर्न आदेश जारी गरेको छ। उनका छोरा निराजन प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार यस्तो आदेश दिएको हो।

इजलासले प्रसाईँविरुद्ध दाबी गरिएको कसुरको अनुसन्धानका लागि उनलाई हिरासतमा राखिराख्नुपर्ने आवश्यकता अब समाप्त भइसकेको ठहर गरेको छ। आदेशमा उल्लेख गरिएअनुसार २०८२ भदौ ६ गतेका लागि तय गरिएको ‘महाअभियान’ कार्यक्रम शान्तिपूर्ण ढंगले सञ्चालन गर्ने सहमति भइसकेको विद्वान कानुन व्यवसायीहरूले इजलाससामु जानकारी गराएको परिवर्तित अवस्थाले पनि उक्त निष्कर्षलाई बल मिलेको छ।

यससँगै प्रसाईँविरुद्ध जारी गिरफ्तारी पुर्जी, म्याद थप लगायतका अनुसन्धानसम्बन्धी सम्पूर्ण कार्यदेश बदर भई उनलाई ‘गैरकानुनी थुनाबाट तत्काल मुक्त गर्न’ सर्वोच्चले आदेश दिएको छ।

प्रसाईँलाई २ मंसिरको मध्यराति आफ्नै निवासबाट सार्वजनिक शान्तिमा खलल पुग्ने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *