चीनद्वारा अनुदानमा दिइएको १० लाखमध्ये ८ लाख डोज खोप आज काठमाडौँ ल्याइने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १८

१८ जेठ, काठमाडौं। चीनद्वारा नेपाललाई अनुदानमा दिइएको खोप आज काठमाडाैँ आइपुग्ने भएकाे छ । नेपाल एयरलाइन्सको चार्टर विमान खाेप लिएर आज चीनबाट काठमाडौं आइपुग्ने बताइएको छ ।

खाेप ल्याउन सोमबार राति ११ बजे बेइजिङ उडेको नेपाल वायु सेवाकाे वाइडबडी विमान त्यहाँबाट खाेप लाेड गरेर आज दिउँसो साढे २ बजे काठमाडाैँ फर्किने निगम स्राेतले जनाएकाे छ ।

एकैपटकमा सबै खाेप भने ल्याउन नसकिने भएकाले अनुदानमा नेपाललाई दिने भनिएकाे १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज मात्र मंगलबार काठमाडौं आइपुग्ने भएको हाे । बाँकी २ लाख डाेज अर्काे लटमा ल्याइनेछ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख खाेप दिने घोषणा गरेका थिए । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रसमेत पठाएपछि उक्त खाेप सुनिश्चित भएकाे हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *