चौदण्डीगढीको पोस्टमा एपीएफकाे २२ गोल, साम्बा एक्लैको १२ गोल

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ १९

काठमाडौं – राष्ट्रिय महिला फुटबल लिगमा सशस्त्र प्रहरीको एपीएफले उदयपुरको चौदण्डीगढीविरुद्ध गोलको वर्षा गरेको छ। पहिलो हाफमै १२ गोल गरेको एपीएफले दोस्रो हाफमा अरु १० गोल थप्दै शानदार जित हात पारेको हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार भएको खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२–० गोल अन्तरले पराजित गरेको हो ।

एपीएफको जितमा सावित्रा भण्डारीले १२ गोल गरिन् । यस्तै कप्तान अनु लामाले ५ गोल गर्दा उपकप्तान अनिता बस्नेतले ३ गोल गरिन् । रेनुका नगरकोटी र सरु लिम्बुको नाममा एक एक गोल रह्यो ।

यससँगै एपीएफले लिगमा लगातार छैटौं जित हात पारेको हो । एपीएफले ६ खेलमा १८ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा यथावत रहेको छ । चौदण्डीको यो लगातार छैटौं हार हो । अंक विहीन रहेको चौदण्डी पुछारमा रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *