नवलपरासी — पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–१६ डण्डा बजारमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना सख्त घाइते भएका छन्।
शुक्रबार राति १० बजे डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना४३प ३४३६ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलमा सवार तीनै जना गम्भीर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार, गम्भीर घाइतेमध्ये मोटरसाइकल चालक ४२ वर्षीय हीराबहादुर परियारको उपचारको क्रममा शुक्रबार राति नै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएकामध्ये ३२ वर्षीया सुनिता जोहार्जा (कावासोती–३) र २४ वर्षीया मीना मगर (कावासोती–१४) को मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
डीएसपी नेपालका अनुसार, मोटरसाइकललाई ठक्कर दिने सवारीसाधनको पहिचान तथा खोजी कार्य जारी छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्