आज पितृका नाममा पशुपति क्षेत्रमा शतबीज छरियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ३

काठमाण्डौँ । बालाचतुर्दशी मेलामा सहभागीहरुले आज बिहान पशुपति मन्दिर क्षेत्रमा शतबीज छरेका छन् ।

अघिल्लो दिन पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बसेकाहरुले आज बिहानै पितृको सदगतीको कामना गर्दै शतबीज छरेका हुन् ।

त्रयोदशीको बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड महादीपदान गरी बस्ने र भोलिपल्ट चतुर्दशीको दिन बिहानै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो गरी सात प्रकारका अन्न मिसाइएको शतबीज छर्ने चलन छ ।

पशुपति क्षेत्रको एक सय आठ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

शतबीज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गरिन्छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथ आउँछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *