बिहारमा वैकल्पिक राजनीतिक शक्ति किन असफल भयो ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २

काठमाण्डौँ । भारतको बिहार राज्यमा हालै सम्पन्न विधानसभा निर्वाचनमा परम्परागत राजनीतिक शक्तिहरू, विशेषगरी सत्तारूढ गठबन्धनले नै स्पष्ट जनादेश प्राप्त गरेको छ।

राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले बिहार विधानसभामा दुई तिहाइभन्दा बढी सिट जित्दा, आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै पहिलो पटक निर्वाचनमा सहभागी भएका जन सुराज पार्टी एक सिट पनि जित्न असफल भयो ।

प्रशान्त किशोर नेतृत्वको जन सुराज पार्टीका लागि यो बिहार विधानसभा निर्वाचन पहिलो ठूलो परीक्षा मानिएको थियो । किशोरको लोकप्रियता, आक्रामक प्रचार अभियान र व्यापक पदयात्राले सुरुआती उत्साह सिर्जना गरे पनि पार्टीले त्यो रसलाई मतमा रूपान्तरण गर्न सकेन ।

२४३ मध्ये २३८ सिटमा उम्मेदवारी दिएका भए पनि पार्टीले एक सिटसमेत जित्न सकेन । यद्यपि प्रचार–प्रसारदेखि उम्मेदवारी दर्तासम्म पार्टीको उल्लेखनीय उपस्थिति देखिएको थियो, विशेषगरी प्रशान्त किशोरको पदयात्राले राज्यव्यापी चर्चा पाएको थियो ।

जन सुराज पार्टीको प्रदर्शन बुझ्नका लागि उपलब्ध मत सर्वेक्षणहरू उपयोगी देखिन्छन् । ती सर्वेक्षणले पार्टी जनताबीच परिचित त भएकै तर लोकप्रियता र मतदाताको भरोसा प्राप्त गर्न भने असफल भएको संकेत गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *