वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा विप्लव, जनार्दन र घनश्याम

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २१

काठमाण्डौँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) लाई भेट्न वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा लागेका जनार्दन शर्मा र घनश्याम भुसाल हरिसिद्धी पुगेका छन् ।

शुक्रबार बिहानै दुई नेता विप्लव निवास हरिसिद्धी पुगेका हुन् । तीन नेताबिच यतिवेला छलफल चलिरहेको बताइएको छ ।

विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको नेताहरूले बताएका छन् ।

शर्माले बिहीबार मात्र वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र रास्वपाका नेताहरूसँग छलफल गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *