राष्ट्रिय पञ्जिकरण विभागको वेबसाइटमा समस्या

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २

काठमाण्डौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि गरेका छन् ।

अहिले उक्त साइट खुल्दैन । कसले कहाँबाट ह्याक गर्‍यो भन्ने अनुसन्धानकै क्रममा रहेको प्रवक्ता काफ्लेले बताएका छन् ।

सुरुमा विभागको वेबसाइट खोल्दा दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गरिएको सूचना देखिन्यो । अहिले भने त्यो देखिँदैन ।

हालै निर्वाचन आयोगले मतदाता नामावली संकलनको क्रममा राष्ट्रिय परिचयपत्रको विवरणसँग जोडिएको थियो ।

तर ह्याक भएको यो साइटमा भने राष्ट्रिय परिचयपत्रका कुनै पनि विवरणहरु नभएको कर्मचारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *