जसपाले नेकपासँग छलफलपछि केन्द्रीय कार्यकारिणी बैठक बोलायो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १

काठमाण्डौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ । केन्द्रीय कार्यालय ग्वार्कोमा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार पार्टी एकताबारे नेपाली कम्युनिस्ट पार्टी लगायतसँग भइरहेको छलफल, निर्वाचन आयोगमा दल दर्ता लगायत विषयमा छलफल हुनेछ । ‘बैठकको एजेन्डा पार्टी एकता, निर्वाचन आयोगमा दल दर्ता लगायत समसामयिक विषय रहेका छन् ।

जसपाले शनिबार नेकपासँग पार्टी एकताबारे छलफल गरेको थियो । यसैगरी जसपा नेपाल विभाजनपछि राईको अध्यक्षतामा जसपा गठन विरुद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा अहिले विचाराधीन अवस्थामा रहेको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टी विभाजन गरी उपाध्यक्ष दीपक साहले निर्वाचन आयोगमा दर्ता गराएको जनस्वराज दल सर्वोच्चले खारेज गरेपछि जसपा अप्ठ्यारोमा परेको छ ।

फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले मङ्सिर ५ गतेसम्म दल दर्ताका लागि खुकुलो बनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *