|
२०८२ कार्तिक ३०
ओखलढुंगा । ओखलढुंगामा आर्थिक सशक्तिकरण गर्ने उद्देश्यले अपाङ्गता भएका व्यक्ति तथा परिवारका सदस्यलाई तालिम दिईएको छ ।
ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत समुदायमा आधारित समावेसि विकास परियोजनाले बाँसबाट बन्ने विभिन्न सामग्री निर्माण सम्बन्धिको ६ दिने तालिम दिएका हो ।
सिद्धिचरण नगरपालिका १२ सिमलडाँडा स्थित सायाफुङ होटलमा भएको तालिममा ९ जना पुरुष र १ जना महिला गरी १० जनाको सहभागिता रहेको सिबिआईडीका सहजकर्ता खेम बरालले जानकारी दिएका छन् । उनका अनुसा ७ जना अपाङ्गता भएका व्यक्ति र ३ जना अपाङ्गता भएका व्यक्तिहरुका परिवारका सदस्य रहेका छन ।
रामेछाप शिवभक्ति बाँस उद्योगका सञ्चालक हिरा माया शिवभक्तिले तालिमको सहजिकण गरेको सिबिआईडि सिद्धिचरण नगरपालिकाका टिम लिडर सुरेश मगरले बताएका छन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्