भट्टराई, किराती र परियारको ऐतिहासिक सहमति

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २९

काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराती र रास्वपा छाडेका नेता सन्तोष परियार एउटै धारमा उभिन सहमत भएका छन्। आगामी मंसिर ७ गते एकता घोषणा गर्ने उद्देश्यसहित उनीहरूले आज ५ बुँदे सहमति गरेका हुन्।

आज भएको सहमतिमा दुर्गा सोव, सुदन किराती र सन्तोष परियारले हस्ताक्षर गरेका छन्। सहमति पत्रमा मंसिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्ने उल्लेख छ। साथै, उनीहरूले देश–विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी तथा देशभक्त शक्तिहरू, विशेषगरी जेनजी (Gen Z) पुस्तालाई राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *