शुक्रबार सुन मूल्य तोलामा ५ सय रुपैँया घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २८

काठमाण्डौँ । अघिल्लो दिन तोलामा ५ हजार ९ सय रुपैयाँ मूल्य बढेको सुन शुक्रबार जम्मा ५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५० हजार २ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

त्यस्तै चाँदी प्रतितोला ६० रुपैयाँ घटेको छ । महासंघले यस दिनका लागि चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ हजार ३ सय ४५ रुपैयाँ थियो । यसअघि चाँदी असोज ३१ गते ३ हजार ३ सय ५० रुपैयाँ पुगेको रेकर्ड छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *