आफूले दल नखोल्ने र चुनाव पनि नलड्ने गृहमन्त्री अर्यालको भनाई

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २७

काठमाण्डौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले दल नखोल्ने र चुनाव पनि नलड्ने बताएका छन् ।

बिहीबार राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

समितिको बैठकमा उनलाई राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले गृहमन्त्री अर्याललाई यसबारे प्रश्न गरेका थिए । ‘दल खोल्ने हो कि, चुनाव लड्ने हो कि, के हो भन्दै’, श्रेष्ठले प्रश्न गरेका थिए ।

जवाफमा गृहमन्त्री अर्यालले आफूले दल पनि नखोल्ने र चुनाव पनि नलड्ने जवाफ दिए । दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ,’ गृहमन्त्री अर्यालको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *