|
२०८२ कार्तिक २६
काठमाण्डौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नबिल बैंकको ऋणपत्र सूचीकृत भएको छ । नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर–२०८९’ नामक ऋणपत्र सूचीकृत भएको हो ।
नेप्सेमा यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ सूचीकृत भएको छ। यो ऋणपत्रको कारोबार भोलि बिहीबारबाट सुरु हुनेछ ।
नबिल बैंकको यो ऋणपत्र ८ वर्षे अवधिको हो । यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउँछन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्