सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो आगामी चैत्रमसान्तसम्म सञ्चालनमा आउने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २५

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो खुलाउने काम भइरहेको छ । नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्न मिल्ने गरी आउँदो चैतभित्रमा सञ्चालन हुनेछ ।

न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा सगरमाथा आरोहणका लागि नुप्से हिमाल प्रयोग गर्नुभएको थियो । यो मार्गको झन्डै ८० प्रतिशत निर्माण कार्य सकिएको पर्यटन विभागले जनाएको छ ।

विभागका निर्देशक हिमाल गौतमका अनुसार यो मार्ग खुम्बु आइसफलतर्फको भन्दा सुरक्षित मानिएको छ । आउँदो वसन्तयामभित्र नुप्सेतर्फको मार्ग सञ्चालन गर्ने गरी तयारी भइरहेको उहाँको भनाइ छ । यो झन्डै दुई सय मिटरजति लामो हुने भएकाले छोटो बाटोका लागि सिधै खुम्बु आइसफल हुँदै सगरमाथा आरोहण गर्ने मार्ग खोलिएको उहाँले बताउनुभयो ।

खुम्बु आइसफलको बाटो पहिलोपटक सन् १९८४ मा सञ्चालनमा ल्याइएको विश्व पर्वतारोहण महासङ्घका विज्ञ एवम् पर्यटनविद् आङ्छिरिङ शेर्पा बताउनुभयो । उहाँका अनुसार खुम्बु आइसफलको बाटो खुलेपछि परम्परागत मार्गको नामले परिचित नुप्सेतर्फको बाटो उपयोगविहीन भएको थियो ।

यही पुरानो मार्गलाई पुर्नजीवन दिनेगरी १० जना विश्वविख्यात आरोहीसहितको टोलीले तीन वर्षअघिदेखि नयाँ पदमार्ग खोजी गरेको खोज तथा अनुसन्धानकर्ता काजी शेर्पाले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *