काठमाण्डौँ । भरपुर अस्पतालमा सुत्केरी एक महिलाको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तहरूले अस्पतालमा नारावाजी गरेका छन् ।
पर्सा स्थायी घर भई चितवनको कालिका नगरपालिका–२ बस्ने ३० वर्षकी संगीता विकको शनिबार उपचारको क्रममा मृत्यु भएपछि परिवार र आफन्तले चिकित्सकको लापरबाही भन्दै अस्पतालमा नाराबाजी गरेका हुन् ।
मृतकका आफन्तहरूले प्रसूति सेवा लिन आएका महिलाहरू भर्ना गरिएको वार्ड अगाडि पुगेर नाराबाजी गरेका छन् ।
संगीताको मृत्युपश्चात आफन्तले चिकित्सकको लापरबाहीका कारण ज्यान गएको भन्दै छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन्।
आफन्तका अनुसार संगीतालाई कात्तिक २० गते चेकजाँचका लागि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । भिडियो एक्सरेमा बच्चाको धड्कन नभएको देखिएपछि चिकित्सकको सल्लाहमा उनलाई अस्पतालमा नर्मल डेलिभरीको प्रयास गरिएको थियो ।
कात्तिक २२ गते उनको अवस्था झन् बिग्रँदै गएको र रातको करिब ९ बजे आईसीयूमा सारिएकोमा सोही राती मृत्यु भएको थियो ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्