एमालेले संसद विघटनप्रति असन्तुष्ट संसदीय दलको बैठक बोलायो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २४

काठमाण्डौँ । नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा पनि बर्तौलाले आफूलाई प्रमुख सचेतककै हैसितमा राखेर बैठकको सूचना जारी गरेका हुन् ।

बर्तौलाले विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक, संवैधानिक निकासका लागि छलफल गर्न आगामी मंसिर २ गतेका लागि बैठक बोलाइएको बताएका छन् ।

एमालेले वर्तमान सरकार गठनसँगै प्रतिनिधिसभा विघटन गरिएको कदमलाई असंवैधानिक भन्दै पुनर्स्थापनाको माग गर्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *