काठमाण्डौँ । बुंगल हाइड्रोको भोलि सोमबारबाट कारोबारमा आउने भएको छ ।
बुंगल हाइड्रोको शेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबार आउँछ । त्यसैले यो कम्पनीको शेयर भोलि सोमबारबाट कारोबारमा आउने भएको हो ।
नेप्सेमा बुंगल हाइड्रोको ८३ लाख कित्ता शेयर सुचीकृत भएको छ। जसमा संस्थापकको ५३ लाख ९५ हजार (६५ प्रतिशत) र सर्वसाधारणको २९ लाख ५ हजार (३५ प्रतिशत) रहेको छ ।
नेप्सेले बुंगल हाइड्रोलाई ‘बीयूएनजीएएल’ नै प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यूनतम प्रतिकित्ता १००.८८ रुपैयाँ र अधिकतममा ३०२.६४ रुपैयाँ तोकेको छ।
अब सोमबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ ।
बुंगल हाइड्रोले गत भदौ १६ गतेदेखि असोज १९ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्