कांग्रेस केन्द्रीय समिति बैठक आलमको निधनले दुई दिन पर सर्‍यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २३

काठमाण्डौँ । पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलको निधन भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दुई दिन पर सरेको छ ।

आइतबार बिहान साढे ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक मंगलबार बिहान साढे ११ बजेसम्मका लागि सारिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

मृगौलासम्बन्धी रोगबाट पीडित आलमको शनिबार बिहान निधन उपचारका क्रममा निधन भएको थियो । आलमको निधनपछि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कार्त्तिक २२, २३ र २४ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यकालहरूमा झन्डा आधा झुकाउने, कार्त्तिक २३ गते आइतबार केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने र ३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको थियो ।

कांग्रेसमा पूर्वकेन्द्रीय सदस्यको निधन भएपछि तीन दिनसम्म शोक बनाउने परम्परा छ ।

गत असोज २८ गतेबाट जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *