चालु आर्थिक बर्षको पहिलो त्रैमासमा धेरैजसो वाणिज्य बैंकको नाफा घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २१

काठमाण्डौँ । असोज मसान्तसम्ममा ५ वटा बैंकको मात्रै नाफा बढेको छ भने १५ वटा बैंकको नाफा घटेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएका छन् ।

पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा बढाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले ५८ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको छ । ग्लोबल आईएमई बैंकको नाफा बढेर १ अर्ब ८५ करोड ८६ लाख, सानिमा बैंकको ४५ करोड ४९ लाख, एनआईसी एशिया बैंकको १२ करोड २१ लाख र एभरेस्ट बैंकको १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

१५ वटा बैंकको नाफा घटेकोमा सिटिजन्स बैंकले घाटा व्यहोरेको छ । सिटिजन्सको २२ करोड ४ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ ।

यस्तै कृषि विकास बैंकले ५७ लाख ३८ हजार, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ करोड ५० लाख ५० हजार, प्रभु बैंकले ५५ करोड ८४ लाख ८३ हजार, नेपाल एसबीआई बैंकले ५० करोड १५ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

माच्छापुच्छ्रे बैंकले ४१ करोड ७९ लाख ५६ हजार, सिद्धार्थ बैंकले ३२ करोड ४० लाख ९१ हजार, नबिल बैंकले १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार, लक्ष्मी सनराइज बैंकले ३३ करोड २३ लाख ३१ हजार, एनएमबी बैंकले ९१ करोड ५९ लाख ८३ हजार, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६९ करोड २१ लाख ६९ हजार रुपैयाँ नाफा कमाएका छन् ।

त्यसैगरी हिमालयन बैंकले ७० करोड २८ लाख ९४ हजार, नेपाल बैंकले ५८ करोड ८२ लाख ८७ हजार, प्राइम कमर्सियल बैंकले १ अर्ब २५ करोड ८४ लाख ३० हजार, कुमारी बैंकले १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ ।

समग्रमा ग्लोबल आईएमई र राष्ट्रिय वाणिज्य बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । धेरैजसो बैंकहरू चर्को दबावमा रहेको तथ्याङ्कले देखाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *