बिहीबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २०

काठमाण्डौँ । बिहीबार सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य ६ सय रुपैयाँ बढी हो ।

अघिल्लो दिन २ लाख ३७ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । असोज ३१ गते सुनको भाउले प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।

चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ९ सय ९० रुपैयाँ रहेको चाँदी यस दिन ३ सय १० रुपैयाँ पुगेको छ । असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च ३ हजार ३ सय ५० रुपैयाँ पुगेको रेकर्ड छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *