बूढानीलकण्ठ मेयरको घर तोडफोड आरोपमा दुई युवती पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २०

काठमाडौं – जेनजी आन्दोलनका क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मेयर मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा दुई युवती पक्राउ परेका छन्।

प्रहरीले २० वर्षीया निशा राई र २२ वर्षीया आयुषा कुमाललाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई प्रहरी वृत्त बौद्धमा राखिएको छ।

पक्राउ परेकी निशा ईलामको माई नगरपालिका–८ घर भएकी हुन् र हाल बूढानीलकण्ठ नगरपालिका–१० गैरीगाउँमा बस्छिन्। आयुषा गुल्मीको हस्तिचौर गाउँपालिका–२ की हुन्। उनीहरूलाई बूढानीलकण्ठ–१० गैरीगाउँबाट प्रहरीले पक्राउ गरेको प्रहरी प्रभाग कपनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *