|
२०८२ कार्तिक १९
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका ७० वर्षीय खिमबहादुर गुरुङले ५८ वर्षीय खुसीमान गुरुङको टाउकोमा चिर्पट प्रहार गरेका थिए।
गम्भीर घाइते भएका खुसीमानको उपचारका क्रममा मृत्यु भएको हो। कुटपिट गर्ने खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्