|
२०८२ कार्तिक १३
काठमाण्डौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट आउनेक्रम जारी छ ।
शुक्रबार स्पट गोल्ड १.५ प्रतिशतले घटेर प्रति औन्स ४ हजार ६३ डलरमा पुगेको छ । यस साता सुनको मूल्य ४.३ प्रतिशतले घटेको छ, जुन नोभेम्बर २०२४ यताकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपालमा कात्तिक ३ गतेदेखि सार्वजनिक बिदा भएका कारण सुनको नयाँ मूल्य तोकेको छैन । सो समय सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार पाँच सय रूपैयाँ कायम गरिएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको ठूलो गिरावट र सुरक्षित लगानीको मागमा कमी आएका कारण नेपालमा सुनको मूल्य आइतबार करिब १५ देखी १८ हजार रूपैयाँभन्दा बढी घट्ने अनुमान गरिएको छ । बजार स्थिर नभए अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य घटबढको असर नेपालमा देखिने छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्