५० वर्षपछि सिक्किममा पहिलो अन्तर्राष्ट्रिय खेल, नेपाल र भारत आमनेसामने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १२

काठमाडौं ।  भारतमा विलय भएको पाँच दशकपछि पहिलोपटक सिक्किम अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना गर्न लागेको छ। गान्तोकको पाल्जोर स्टेडियममा बुधबार नेपाली महिला फुटबल टोलीले भारतीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ।

नेपालले सोमबार सिलोङमा भारतलाई २–१ ले हराएको थियो। कप्तान सावित्रा भण्डारीले दुवै गोल गरेकी थिइन्, तर आगामी खेलमा उनी, मिडफिल्डर प्रिति राई र गोलकिपर एन्जिला सुब्बा अनुपस्थित रहनेछन्।

फिफा विन्डो बाहिर खेलिन लागेका कारण यो खेल औपचारिक मान्यता नपाए पनि सिक्किमको फुटबल इतिहासका लागि यो ऐतिहासिक अवसर मानिएको छ।

मुख्यमन्त्री प्रेम सिंह तामाङ प्रमुख अतिथि हुने छन् भने खेलमा स्थानीय खेलाडी अन्जु तामाङ र अभिष्ठा बस्नेतले पनि सहभागिता जनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *