|
२०८२ कार्तिक ११
काठमाडौँ । देशमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण मंगलबार देशभर बदली हुने जनाइएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने भारी हिमपात वा वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा बदली रहने र केही स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ। तराई भू–भागमा भने आंशिक बदली मात्र रहने सम्भावना छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्