|
२०८२ कार्तिक ११
झापा । मन्थलीबाट काँकरभिट्टा जाँदै गरेको रात्रिबस झापाको शिवसताक्षी नगरपालिका–१०, माईधारचोक नजिक दुर्घटनाग्रस्त हुँदा १९ जना यात्रु घाइते भएका छन्।
प्र१–०१–००१क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो।
घाइते यात्रुहरूलाई तत्काल बिर्तासिटी अस्पताल, बिर्तामोड लगिएको छ।
बसमा २५ जना यात्रु सवार थिए, जस मध्ये ६ जना सकुशल रहेका छन्।
घाइतेमध्ये चालक राजु भुजेल (३९, मेचीनगर–६) सहित झापा, रामेछाप र दोलखा जिल्लाका यात्रुहरू रहेका छन्।
प्रहरीका अनुसार दुर्घटनाको कारण बस अनियन्त्रित हुनु हो, र थप अनुसन्धान जारी छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्