परिवर्तन पक्षधर शक्तिबीच सहकार्य र सद्भाव सुदृढ गर्न आवश्यक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

छठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिँदै प्रचण्डले भनेका छन्, “परिवर्तन पक्षधर शक्तिहरूबीच सहकार्यको भावना बलियो बनाउँदै समृद्ध, न्यायपूर्ण र समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्नुपर्छ।”

उनले हालको राजनीतिक, आर्थिक र सामाजिक चुनौतीको घडीमा छठ पर्वले दिने आत्मबल, धैर्य र आशावादको सन्देश झन् महत्वपूर्ण बनेको बताए। प्रचण्डले कामना गर्दै भने, “छठले अँध्यारोलाई चिर्दै सबैमा उज्यालो, पवित्रता र सकारात्मक ऊर्जा जगाओस्, देशमा शान्ति, समृद्धि र स्थायित्वको नयाँ प्रभात उदाओस्।”

मधेस–तराईको मुख्य पर्वका रूपमा मनाइने छठलाई उनले मानव र प्रकृतिबीचको सम्बन्ध सुदृढ गर्ने, सहअस्तित्व र आत्मशुद्धिको सन्देश दिने पर्वका रूपमा वर्णन गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *