विश्वकप लिग २ मा अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य, कुशल भुर्तेल डक आउट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ९

काठमाण्डौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु मा अमेरिकाले नेपाललाई रनको लक्ष्य दिएको छ ।

दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मेदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा विकेट गुमाएर रन बनाएको हो ।

अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ७५ रन बनाए । १०० बल खेलेका पटेलले ९ चौका प्रहार गरे ।

४८ रनमा २ विकेट गुमाएको अमेरिकाका लागि स्मित पटेलल र साइतेजाले तेस्रो विकेटका लागि ९५ रनको महत्वपुर्ण साझेदारी गरेको थिए । यी दु२ ब्या६र क्रिजमा हुँदा अमेरिकाले ठुलो स्कोर बनाउने संकेत देखाएको थियो ।

तर स्मित पटेल ३३औं ओभरमा रनआउट हुनु र साइतेजा ३५औं ओभरमा आउट भएपछि अमेरिका दबाबमा परेको थियो ।

तर मिलिन्द कुमारले उत्कृष्ट ब्याटिङ गर्दै टिमका लागि राम्रो स्कवर बनाउन सहयोग गरे ।

अमेरिकाले अन्तिम दुई ओभरमा ३२ रन जोडेको थियो ।

बलिङमा नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

यस्तै नेपालका ओपनर कुशल भुर्तेल डक आउट भएका छन् । उनी पहिलो ओभरको दोस्रो बलमा आउट भएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *