संयम र जिम्मेवारीका साथ प्रस्तुत हुन आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ८

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको उच्चस्तरीय बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले देशको सुरक्षा अवस्था विचार गरी सबैलाई संयमित र जिम्मेवार रहन आग्रह गरेका छन्।

बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगाल तथा चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए।

गृहमन्त्री अर्यालले सम्भावित प्रदर्शनहरूबारे सूचनाहरू प्राप्त भएको बताउँदै राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र भए पनि समस्या समाधानका लागि वार्ता र संवाद नै सर्वोत्तम उपाय भएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *