|
२०८२ आश्विन २१
नेपाल प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दर्ता गर्न प्रधानमन्त्री सुशीला कार्कीको लिखित आदेश आवश्यक पर्ने बताएको छ।
जेन-जी आन्दोलनका कारण सुरक्षा चुनौती चुलिएपछि बालुवाटारमा उच्चस्तरीय बैठक बसेको थियो। प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आयोगको छानबिन जारी रहेकाले जाहेरी दर्ता मुठभेड निम्त्याउने भन्दै प्रधानमन्त्रीको स्पष्ट निर्देशन मागेका हुन्।
सुदन गुरुङ नेतृत्वको टोलीले पक्राउको माग गर्दै प्रहरीलाई धम्की दिएको छ भने ‘हामी नेपाल’ समूहले सामाजिक सञ्जालमा आन्दोलन तीव्र बनाएको छ। प्रधानमन्त्री कार्कीले दसैंपछि मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहँदा गुरुङ पक्षले ओलीलाई पक्राउ नगरी निर्वाचन नहुने अडान लिएको स्रोतको दाबी छ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्