|
२०८२ कार्तिक ६
काठमाण्डौँ । होटल सङ्घ पोखरा नेपालद्वारा तिहारको अवसरमा आज लेकसाइडमा आयोजना गरेको १८औँ भाइटीका महोत्सवमा एक सयभन्दा बढी पर्यटकले सहभागिता जनाएका छन् ।
महोत्सवमा १५ भन्दा बढी देशका पर्यटकले भाइटीका लगाएका आयोजक सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिएका छन् । सङ्घले पोखरा र सिङ्गो नेपालको पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षणका लागि विविध महोत्सव आयोजना गर्दैआएको उल्लेख गर्दै उनले यस पटक भाइटीका महोत्सवमा पर्यटकको उल्लेख्य सहभागिताका कारण विशेष बन्न पुगेको बताएका हुन् ।
सप्तरङ्गी टीका लगाएका पर्यटकहरु नौलो अनुभव लिन पाएको भन्दै दङ्ग थिए । अष्ट्रेलियाबाट आएकी पर्यटक एनीले आफू धेरै पटक नेपाल आएको र यस पटक नेपाल आएर टीका लगाउन पाउँदा हर्षित भएको प्रतिक्रिया दिए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्