जेन–जीको एकता भाँड्ने प्रयास नगर्न कांग्रेस–एमालाई आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ६

काठमाडौं — हामी नेपाल का संयोजक सुदन गुरुङले पुराना राजनीतिक दल कांग्रेस र एमालेलाई जेन–जीहरूको एकता भाँड्ने प्रयास नगर्न चेतावनी दिएका छन्।


माइतीघर मण्डलमा जेन–जी आन्दोलनका शहीदको सम्झनामा आयोजित कार्यक्रममा उनले दलहरू जेन–जीहरूलाई कमजोर पार्ने रणनीतिमा लागेको आरोप लगाए।

गुरुङले भने, “अब नेपाली नागरिक भएर एउटै झण्डा मुनि बसौं र देश विकासतर्फ लागौं।” उनले विभाजन गर्न खोज्ने नेताहरूलाई “भ्रममा नपर्न” आग्रह गर्दै, नागरिकलाई सचेत रहन पनि आह्वान गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *