राष्ट्रपति पौडेलद्वारा गाई पूजा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ५

काठमाडौँ – गाईतिहारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसँगै शीतल निवासमा विधिपूर्वक गाई पूजा गरेका छन्।

हिन्दू धर्म अनुसार लक्ष्मीको प्रतीक मानिने गाईलाई तिहारको दोस्रो दिन पूजा गर्ने परम्परा छ। राष्ट्रपति पौडेलले गाईलाई पूजा गरेर खानेकुरा खुवाउँदै समृद्धि, सौभाग्य र शान्तिको कामना गरेका थिए।

गाईतिहारलाई नेपाली समाजले लक्ष्मी पूजा र समृद्धिको उत्सवको रूपमा मनाउने गर्छ।

Add

Voice

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *