|
२०८२ कार्तिक ३
काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएर प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य २ लाख ५३ हजार २ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर ३ हजार २८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको भाउ ३ हजार २७५ रुपैयाँ रहेको थियो।
महँगो बजारका कारण सुनचाँदीको कारोबारमा समेत असर पर्ने अनुमान गरिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्