|
२०८२ कार्तिक २
काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारको प्रधानमन्त्रीमा आफूले सुशीला कार्कीको नाम सिफारिस नगरेको दाबी गरेका छन् ।
आइतबार राजधानीमा सम्पादकहरूसँग साक्षात्कार कार्यक्रममा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
संविधान र लोकतान्त्रिक प्रणाली, प्रक्रिया भित्रैबाट खोज्नका लागि आफूले राष्ट्रपतिसमक्ष सिफारिस गरेको तर त्यसमा सुशीला कार्कीको नाम कतै नभएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले राष्ट्रपतिसमक्ष गरेको सिफारिसको व्यहोरा पढेर सुनाउँदै कहीँकतै सुशीला कार्कीको नाम नभएको जिकिर गरेका छन् ।
संविधान र संसद् चलाउन हुँदैन भन्ने कुरा आफूले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देललाई प्रष्ट भनेको पनि दाबी गरेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्