|
२०८२ आश्विन २९
काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका कार्यसमिति अध्यक्ष बेदबहादुर शाहीसहित चार जनालाई निलम्बन गरेको छ ।
बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् ।
शाहीसहित जुम्लाका उपाध्यक्षद्वय विमल शाही र कालीबहादुर महत तथा कर्णाली सदस्य मन्सुर सुनारलाई एक वर्षका लागि निलम्बन गरिएको लिङ्देनले बताएका छन् ।
पार्टीको अनुशासन समितिको सुझावका आधारमा यस्तो निर्णय भएको उनले बताएका छन् ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्