थप ८ नेताहरूलाई राप्रपाले अनुशासनको कारबाही गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १३

काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले थप ८ जना नेतालाई अनुशासन विपरीतको गतिविधिमा कार्य गरेको भन्दै स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाएको छ । काठमाडौं र सुर्खेतमा भएका पार्टीहित विपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधेर कारबाही गर्ने प्रक्रिया अघि बढाइएको हो ।

राप्रपाले युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अधिवेशनमा हो–हल्ला गरेको भन्दै चार जनालाई स्पष्टीकरण सोधेको छ ।

केन्द्रीय सहायक प्रवक्ता प्रविण थोकर तामाङ, पार्टीका काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडा, काठमाडौं ४ का अध्यक्ष रिद्धिप्रताप राणा र असन्तुष्ट पक्षले युवा संगठन काठमाडौंको जिल्ला अध्यक्ष बनाएका ज्योति लामालाई स्पष्टीकरण सोधिएको राप्रपा सचिवालय स्रोतले जानकारी गराएको छ ।

साउन २८ गते राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंको अधिवेशनमा हुलदंगा गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *