जेनजीको नाममा धम्की र ठगी गर्ने शाहीविरुद्ध आरोपहरू

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २९

काठमाडौं — जेनजीको नाममा सरकारी कार्यालयहरूमा अनुगमन र ज्ञापनपत्र बुझाउने भन्दै धम्की दिने अर्जुनबहादुर शाही र उनका टोलीका कार्यकलापहरू सार्वजनिक भएका छन्। उनीहरू नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम लगायतका कार्यालयमा धम्की र राजीनामा माग्ने गतिविधिमा संलग्न रहेको आरोप छ।

शाहीमाथि वैदेशिक रोजगारीको नाममा ८ लाख रुपैयाँ ठगी गरेको र चेक बाउन्स मुद्दामा समेत उजुरी दर्ता भएको छ। उनीविरुद्ध विभिन्न प्रहरी वृत्तमा ठगी र बैंकिङ कसुरका गुनासो आएका छन्।

सर्वसाधारणलाई धम्की दिने, सरकारी कर्मचारीहरूलाई राजीनामा दिन दबाब दिने, र ठगीका अभियुक्त शाहीले निर्वाचनमा समेत उम्मेदवारी दिएको र कम मत ल्याएको तथ्य सार्वजनिक भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *