काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियम, २०५०’ संशोधन गर्दै प्रशासन सेवा अन्तर्गतको राजस्व समूहमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक योग्यता कडाइ गरेको छ।
नयाँ नियमअनुसार अब व्यवस्थापन, वाणिज्यशास्त्र, वा जनप्रशासन (सार्वजनिक वित्त वा लेखा विषयसहित) मा स्नातकोत्तर गरेका व्यक्तिले मात्र उपसचिव पदमा प्रतिस्पर्धा गर्न पाउने छन्। यसअघिको व्यवस्था अनुसार कानून, गणित, तथ्यांकशास्त्रलगायतका विषयमा स्नातकोत्तर गरेका व्यक्तिहरूलाई समेत सहभागी हुन अनुमति थियो।
त्यस्तै, शाखा अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) पदका लागि पनि अब केवल व्यवस्थापन, वाणिज्यशास्त्र, व्यापार प्रशासन, अर्थशास्त्र वा जनप्रशासन विषयमा स्नातक गरेका उम्मेदवारलाई मात्र अनुमति दिइनेछ। यसअघि जुनसुकै विषयमा स्नातक गरेका उम्मेदवारले आवेदन दिन पाउने व्यवस्था थियो।
यो संशोधनले प्रशासन सेवामा विषयगत दक्षता र राजस्वसम्बन्धी प्राविधिक योग्यता बढाउने उद्देश्य राखिएको जनाइएको छ।





दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्