नेपालको वास्तविक परीक्षा सुपर सिक्समा, टी-२० विश्वकप छनोटमा नेपाललाई मुख्य चुनौती

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २६

काठमाडौं । ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकप छनोटमा नेपालले समूह चरण सजिलै पार गर्दै सुपर सिक्समा स्थान सुरक्षित गरिसकेको छ। सुपर सिक्समा नेपालले युएई, कतार, ओमान र सामोआसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणमा तुलनात्मक रुपमा कमजोर टोलीसँग खेलेको नेपालका लागि अब मुख्य परीक्षा सुपर सिक्सको कठिन प्रतिस्पर्धामा हुनेछ।

सुपर सिक्समा नेपालले समूह ए बाट आएका युएई र कतार तथा समूह सी बाट आएका ओमान र सामोआसँग खेल्नेछ। पहिलो खेल आइतबार युएईसँग हुनेछ, जुन खेल नेपालका लागि निर्णायक हुने अपेक्षा छ। विगतमा युएईसँग नेपालले हार बेहोरेकोले यो खेल महत्वपूर्ण छ। यस्तै ओमानसँग नेपालको प्रतिद्वन्द्विता पनि रहँदै आएको छ।

सुपर सिक्समा प्रत्येक टिमले चार खेल खेल्ने भएकाले सबै खेल निर्णायक हुनेछन्। नेपालले अबका खेलमा जित हात पार्न सके विश्वकपको यात्रा तय गर्न सक्नेछ। कप्तान रोहितले पनि युएई र अन्य टिमलाई कडा प्रतिस्पर्धीको रुपमा लिएको बताएका छन्।

सामोआ र कतारले पनि समूह चरणमा सरप्राइज प्रदर्शन देखाइरहेका छन् जसले सुपर सिक्सलाई अझ रोमाञ्चक बनाएको छ। अबको एक साताभित्रै विश्वकपमा स्थान बनाउने टिमहरूको टुङ्गो लाग्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *