भक्तपुरमा दोहोरो चोरी, नगद र गहना गरी १२.८९ लाखको क्षति

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २५

काठमाडौँ । भक्तपुरमा एकै रात दुई छुट्टाछुट्टै स्थानमा भएको चोरीमा करिब १२ लाख ८९ हजार रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ।

सूर्यविनायक-१० भंगालमा सकुल ढकालको घरबाट ७ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ भने, मध्यपुर थिमी-३ मा डेरा गरी बस्ने जीवन श्रेष्ठको कोठाबाट ५ लाख ४० हजार रुपैयाँ बराबरको नगद, सुन र चाँदी चोरी भएको प्रहरीले जनाएको छ।

हाल फरार रहेका चोरहरूको खोजी र घटनाको अनुसन्धान जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *