|
२०८२ आश्विन २४
सोलुखुम्बु— माप्य दुधकोशी गाउँपालिका–३, खास्तापस्थित हिमालय माविको प्राङ्गणमा सम्पन्न जिल्ला स्तरीय खुल्ला ५ ए साइड फुटसल प्रतियोगितामा न्यु रेन्टल सर्भिसले उपाधि हात पारेको छ।
खास्ताप फुटसल संघको आयोजनामा असोज २२ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा जिल्लाभरिका १४ टोलिहरूको सहभागिता रहेको थियो। ती सबै प्रतिस्पर्धी टोलिहरूलाई पछि पार्दै न्यु रेन्टल सर्भिस विजयी बन्न सफल भएको हो। प्रतियोगितामा बासा फुटबल क्लब उपविजेता रह्यो।
आयोजक अनुसार यस्ता प्रतियोगिताले स्थानीय खेलकुदको विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ। प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार र उपविजेताले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
समापन समारोहमा माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई प्रमुख अतिथि रूपमा उपस्थित थिए।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्